Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
Understanding treaty in Australia: What First Nations people want you to know - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी समुदायका लागि सन्धि किन महत्त्वपूर्ण छ?
22/10/2025 Duration: 08minAustralia is home to the world’s oldest living cultures, yet remains one of the few countries without a national treaty recognising its First Peoples. This means there has never been a broad agreement about sharing the land, resources, or decision-making power - a gap many see as unfinished business. Find out what treaty really means — how it differs from land rights and native title, and why it matters. - अस्ट्रेलियामा एक आप्रवासीको रूपमा आउँदा यहाँको संस्कृति र परम्परालाई बुझ्ने र सम्मान गर्नुपर्ने आवश्यकता, तपाईँले पनि महसुस गर्नु भएकै होला। अस्ट्रेलिया, आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूको घर हो, जसले विश्वकै सबैभन्दा पुरानो भनिने निरन्तर संस्कृति बोकेका छन्। तर अन्य केही देशहरूको तुलनामा अस्ट्रेलियामा भने यहाँका आदिवासी मानिसहरू र तिनका अधिकारलाई मान्यता दिने सन्धि अझै बनिसकेको छैन। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी सन्धि के हो, किन यो अस्ट्रेलियाका आदिवासी मानिसहरूका लागि धेरै महत्त्वपूर्ण छ र हाल देशभरि यस सम्बन्धमा के भइरहेको छ भन्ने बारेमा चर्चा गर्दै छौँ।
-
Tihar Deusi Bhailo songs: ‘Passing on culture to our children brings us so much joy!’ - देउसी भैलोका गीतहरू: ‘बच्चाहरूलाई आफ्नो संस्कृति सिकाउन पाउँदा खुसी लाग्छ!’
22/10/2025 Duration: 15minWhat is your memory of your first ‘Deusi Bhailo’ in Australia? SBS Nepali spoke to community members in Melbourne about their festive experiences this Tihar at cultural programs done by various Nepali community organisations. Listen to our conversation with participants at the Deusi Bhailo program by Tamu Samaj Victoria and Children's Day celebration by Nepali Association of Victoria (NAV) on Saturday, 18 October and Tihar event by Royal Westerns Club (RWC) on Sunday, 19 October 2025. - गएको सप्ताहन्त मेलबर्नस्थित विभिन्न नेपाली सामुदायिक संस्थाहरूले तिहार लगायत कार्यक्रमहरु आयोजना गरेका थिए। शनिवार, १८ अक्टोबरमा तमु समाज भिक्टोरियाको देउसी भैलो तथा नेपाली एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को बाल दिवस थियो भने, आइतबार, १९ अक्टोबरमा रोयल वेस्टर्न्स क्लब (आरडब्लुसी)ले पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो। अस्ट्रेलियामा पहिलो पटक देउसी-भैलो खेलेको सम्झना, चाडपर्वमा सहभागी हुँदाको अनुभव लगायतका विषयमा ती कार्यक्रमका सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Australian weather update for Thursday, 23 October 2025 in Nepali language - बिहीवार, २३ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
22/10/2025 Duration: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Tihar in Australia: 'It's starting to feel like Nepal!' - अस्ट्रेलियामा तिहार: ‘नेपाल जस्तै हुन लागि सक्यो!’
22/10/2025 Duration: 08minThis Tihar, we are taking to Queanbeyan, a regional city in New South Wales, near Canberra. SBS Nepali spoke to pariticipants and visitors at the Diwali Mela Lantern Festival organised by Queanbeyan Multicultural Centre on Saturday, October 18. Nepali community members shared what it means to celebrate festivals away from home, and how it has evolved over time. - क्यानबरा नजिकै न्यु साउथ वेल्सको रिजनल क्षेत्रमा पर्ने क्विन्बीयनका नेपाली समुदायले यसपालि चाडबाड कसरी मनाए? शनिवार, अक्टोबर १८ मा सम्पन्न भएको 'दिवाली मेला ल्यान्टर्न फेस्टिभल'मा पुगेका नेपालीभाषी अभिभावक, बालबालिका र समुदायका सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। क्वीनबीयन मल्टी कल्चरल सेन्टरले आयोजना गरेको कार्यक्रममा नेपाली मूलका अभिभावक, बालबालिका र समुदायका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। अस्ट्रेलियामा चाडबाड मनाउँदाको अनुभव बारेमा समुदायका सदस्यहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २२ अक्टोबर २०२५
22/10/2025 Duration: 04minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
How to respond when encountering wildlife on your property - अस्ट्रेलिया बुझ्नुहोस्: जङ्गली जनावर आफ्नो घरमा आए के गर्नु पर्ला त?
21/10/2025 Duration: 10minAustralia is home to an array of diverse and beautiful wildlife, and knowing how to respond when you encounter wildlife in your home or on your property will help protect our precious wildlife species whilst keeping you, your family and your pets safe. - अस्ट्रेलियामा अनौठा जनावरहरू यत्रतत्र पाइन्छन्। तपाईँको घर आँगनमा सर्प, गोही, पसम, कङ्गारु जस्ता जीवजन्तु आएको खण्डमा के के गर्नु पर्छ होला त ? अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी तपाईँ र जनावर, दुवै सुरक्षित रहने उपायका बारेमा केही महत्त्वपूर्ण जानकारीहरूका बारेमा चर्चा गर्दै छौँ।
-
Government considering offshore recognition of migrant skills - दक्ष कामदार अस्ट्रेलिया आउनु अगावै सिप जाँच गरेर मान्यता दिने योजनामा सङ्घीय सरकार
21/10/2025 Duration: 04minHome Affairs Minister Tony Burke says the government is working on the possibility of an offshore recognition of skills. He says this will help save time and money for skilled migrants looking to move to Australia. - गृह मामिला मन्त्री टोनी बर्कले अस्ट्रेलिया आउन चाहने कामदारहरूको सिप वा दक्षता जाँच विदेशमै गर्ने व्यवस्था गर्ने बारेमा सोचिरहेको बताएका छन्। यसले समय र पैसाको समेत बचत हुने उनको भनाई छ। एक रिपोर्ट।
-
Australian weather update for Wednesday, 22 October 2025 in Nepali language - बुधवार, २२ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
21/10/2025 Duration: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
21/10/2025 Duration: 05minListen to the top Australian news from the last seven days. - अस्ट्रेलियन दुर्लभ खनिज र धातुको प्रयोग गरी रक्षा र आधुनिक प्रविधिको विकास गर्न सकिने प्रधानमन्त्री एन्थोनी आल्बनिजीको भनाई, असुरक्षित सैन्य अभ्यास गरेको भन्दै अस्टेलियाद्धारा चीनको आलोचना र रग्बीमा अस्ट्रेलियन टोली वलबीजले टोकियोमा आइतवार जापानसँग भिड्ने लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २१ अक्टोबर २०२५
21/10/2025 Duration: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
नेपाल अपडेट: गत सात दिन यता के-के भयो?
20/10/2025 Duration: 07minनिर्वाचन बारे छलफल, जने-जी प्रदर्शन भएको महिनादिन पछि नेपाली सेनाद्वारा आफ्नो कदमको बचाउ र ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू बारे पछिल्लो अपडेट सुन्नुहोस्।
-
मङ्गलवार, २१ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
20/10/2025 Duration: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २० अक्टोबर २०२५
19/10/2025 Duration: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Rocket, cricket and motorsports: SBS Nepali’s radio broadcast from Thursday, 16 October 2025 - रकेट, क्रिकेट र मोटरस्पोर्टस्: बिहीवार, १६ अक्टोबर २०२५ को रेडियो कार्यक्रम
19/10/2025 Duration: 53minListen to our radio program first aired on SBS South Asian on Thursday, 16 October 2025 at 2 PM, focusing on weekly world news and conversations with a Nepali founder of a rocket manufacturing company and a historic motorsports gold for Nepal. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, १६ अक्टोबर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। यस कार्यक्रममा हामीले साप्ताहिक विश्व समाचा
-
Australian weather update for Monday, 20 October 2025 in Nepali language - सोमवार, २० अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
19/10/2025 Duration: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
साहित्यकार किशोर पहाडीका कविताहरू
19/10/2025 Duration: 08minनेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडीले, केही समय अगि मेलबर्न आएका बेला, एसबीएसको प्राङ्गणमा केही कविताहरू वाचन गरेका थिए। पोडकास्टको यो अङ्कमा पहाडीकै स्वरमा वाचन गरेका कविताहरू सुन्नुहोस्।
-
Australian weather update for Sunday, 19 October 2025 in Nepali language - आइतवार, १९ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
18/10/2025 Duration: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Road trips in Australia: What you need to know before hitting the road - अस्ट्रेलिया बुझ्नुहोस्: ‘रोड ट्रिप’ जानु अघि तपाईँले जान्नुपर्ने कुराहरू
17/10/2025 Duration: 08minThere’s no better way to experience Australia than hitting the road. Between the wide-open landscapes, country bakery pies, and unexpected wildlife, a road trip lets you take in the country at your own pace. But even if you’ve driven overseas, Australia comes with its own set of challenges, especially when you venture off the beaten path. - अस्ट्रेलियाको बारेमा बुझ्नको लागि राम्रो तरिका भनेको रोड ट्रिप गर्नु हो। फराकिला खुला क्षेत्रहरू, गाउँका बेकरीका पाईहरू, बाटोमा देखिने अनौठा जनावरहरू र देशको सुन्दरताको आनन्द लिन सक्ने यो यात्राले अझै विशेष बनाउँछ। तर यदि तपाईँले अरू देशमा सडक यात्रा गरिसक्नुभएको छ भने पनि, अस्ट्रेलियामा त्यसभन्दा फरक खालका चुनौतीहरू भेटिन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी यात्रालाई रमाइलो अनि स्मरणीय बनाउन यात्रा सुरु गर्नु अगिका आवश्यक तयारी, सुरक्षित रहने उपाय के के हुन त भन्ने बारेमा केही महत्त्वपूर्ण जानकारीहरूका बारेमा चर्चा गर्दै छौँ।
-
विपिन जोशीलाई यसरी सम्झन्छन् परिवार
17/10/2025 Duration: 11minहमासद्वारा बन्दी बनाइएका २३ वर्षीय नेपाली विद्यार्थी विपिन जोशीको शव इजरेल फर्काइएको छ। यस हप्ता गाजा शान्ति योजनाको पहिलो चरणमा चार वटा मृत शरीरहरू फिर्ता गर्ने क्रममा, जोशीको शव पनि हमासले फिर्ता गरेको रिपोर्टहरूमा बताइएको थियो हो। झन्डै दुई वर्ष अगि उच्च अध्ययनका लागि भन्दै इजरेल पुगेका नेपाली विद्यार्थी विपिन जोशी, सन् २०२३ को अक्टोबर सातमा इजरेल माथि हमासद्वारा आक्रमण हुँदा बन्दी बनाइएका थिए। यसबीच जोशीको रिहाइका लागि उनका आफन्तजनले निकै प्रयासहरू गरेका थिए। सोमवारदेखि इजरेल-हमास सङ्घर्ष विराम सम्झौता भएपछि त्यस अन्तर्गत बन्धकहरू रिहा भएका थिए र सोही क्रममा हमासले जोशीको मृत्यु भएको पुष्टि गर्दै उनको शव रेडक्रस मार्फत इजरेललाई बुझाएको थियो। पछिल्लो विकसित घटनाक्रम पछि जोशीका ठुलो बुवाका छोरा किशोर जोशी र उनलाई केही समय अङ्ग्रेजी विषय पढाएका शिक्षक राजेन्द्र जोशीसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
-
Australian weather update for Saturday, 18 October 2025 in Nepali language - शनिवार, १८ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
17/10/2025 Duration: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?