Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 122:31:50
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २९ मे २०२५

    29/05/2025 Duration: 05min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • From our archive: What did the Nepalis in Canberra share with SBS nearly two decades ago? - हाम्रो आर्काइभबाट: दुई दशक पहिले क्यानबराका नेपालीले एसबीएससँग के भनेका थिए?

    28/05/2025 Duration: 13min

    As SBS marks its 50th anniversary this year, we look back at the early years of SBS Nepali, which began in 2003 in Sydney. In this podcast episode, we present a highlight from the first Nepali program, which was first broadcast on Saturday, October 21, 2006, on Canberra’s 104.5 FM. - एसबीएसले आगामी ९ जुनमा आफ्नो स्थापनाको ५० वर्ष पुरा गर्दै स्वर्ण जयन्ती मनाउँदै छ। यसै सेरफेरोमा हाम्रो सङ्ग्रहबाट केही रोचक र केही घोचक सामाग्रीहरू पुन: प्रसारण गर्न सुरू गरेका छौं। पोडकास्टको यो अङ्कमा हामीले शनिवार, २१ अक्टोबर, २००६ मा पहिलो पटक क्यानबरामा १०४.५ एफएमबाट प्रसारण भएको हाम्रो कार्यक्रमको सम्पादित अशं प्रस्तुत गरेका छौं।

  • महाभूकम्पलाई सम्झँदै नेपालमा बारपाक फोटो प्रदर्शनी

    28/05/2025 Duration: 08min

    नेपालमा बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको १० वर्षको अवसर पारेर फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सेनाले आफ्ना फोटोहरूको प्रदर्शनी आयोजना गरेका थिए। बारपाकबाटै सुरु गरिएको “बारपाक फोटो प्रदर्शनी” तिमिल्सेनाले त्यस पछि काठमान्डूमा पनि प्रदर्शनी गरेका हुन्। भूकम्प लगत्तै बारपाक पुगेका उनले आफ्नो उक्त प्रदर्शनीमा भुईँचालो गए लगत्तै र त्यसको एक दशकपछिको अवस्था देखाउने आफूले कोसिस गरेको नेपाल संवाददाता प्रयास दुलाललाई बताएका छन्।

  • SBS Nepali Australian weather update: Thursday, 29 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २९ मे २०२५

    28/05/2025 Duration: 01min

    Australian weather update for Thursday, 29 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • सामाजिक सञ्जालले अटिजम् र एडीएचडी बिचको बुझाइ बदल्दै

    28/05/2025 Duration: 10min

    अस्ट्रेलियाको मेलबर्न विश्वविद्यालयको नयाँ अनुसन्धान अनुसार सामाजिक सञ्जालले ‘अटिजम् र अटेन्सन डिफिसिट्/हाइपरएक्टिभिटी डिसअर्डर’ (एडीएचडी) बीच रहेको अन्तरको बुझाइ परिवर्तन गर्दैछ। अनलाइन विभिन्न समुहहरूमा संलग्न धेरै मानिसहरूले यी दुई मानसिक अवस्थाहरू आफूमा एकै पटक भएको महसुस गरेका छन्। तर विज्ञहरू, अनुसन्धानकर्ता र अभियन्ताहरू भने यी दुवै अवस्था सँगै देखिन सक्ने भए पनि छुट्टै तरिकाले मूल्याङ्कन र उपचार आवश्यक हुने बताउँछन्।

  • SBS Nepali Australian News Headlines: Wednesday, 28 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २८ मे २०२५

    28/05/2025 Duration: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • नेशनल सरी डे: परिवारसँग जबरजस्ती छुटाइएका आदिवासी बालबालिकाको सम्झना गर्ने दिन

    27/05/2025 Duration: 06min

    अस्ट्रेलियामा मेलमिलाप सप्ताह चलिरहँदा, सन् १८०० को मध्यदेखि सन् १९७० को दशकसम्म आदिवासी समुदायका बालबालिकालाई परिवारसँग जबरजस्ती छुटाइएको स्मरणमा अस्ट्रेलियाभर 'नेशनल सरी डे' मनाइएको बारेमा रिर्पोट सुन्नुहोस्।

  • एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको राजीनामा माग

    27/05/2025 Duration: 06min

    भिजिट भिसा प्रकरणमा विपक्षीदलहरूले गृह मन्त्री रमेश लेखकको राजनीमाको माग गरेको भए पनि, उनको आफ्नै दल नेपाली काँग्रेसले भने यसमा उनको संलग्नता नरहेको दाबी गरिरहेको लगायत पछिल्लो सात दिनका नेपालका समाचार।

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २८ मे २०२५

    27/05/2025 Duration: 01min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    27/05/2025 Duration: 06min

    Listen to the top Australian news from the last seven days. - न्यु साउथ वेल्सको बाढीमा परेका सम्पत्तिमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ र क्वीन्सल्यान्डमा जबरजस्ती नियन्त्रणलाई दण्डित गर्ने नयाँ कानून लागु लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

  • Suffering in silence: the rapidly rising disease impacting Australians - नबोलिएको पिडा: अस्ट्रेलियामा तीव्र रूपमा बढ्दै गएको आन्द्रा सुन्निने रोग

    27/05/2025 Duration: 07min

    When it comes to Inflammatory Bowel Disease, or IBD, Australia is a world leader — with the number of people living here with the condition rapidly rising. But while the exact causes of the disease remain unknown, we're gaining a greater understanding of how we may be able to live with IBD, and possibly even prevent it. - अस्ट्रेलिया आन्द्रा सुन्निने रोगको उच्च दर भएको विश्वका प्रमुख देशहरूमध्ये एक बनेको छ। तीव्र रूपमा फैलिँदै गरेको यो रोगलाई कसरी व्यवस्थापन र रोकथाम गर्न सकिन्छ भन्ने विषयमा नयाँ बुझाइहरू विकसित भइरहेका छन्। एक रिपोर्ट।

  • SBS Nepali Australian News Headlines: Tuesday, 27 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २७ मे २०२५

    27/05/2025 Duration: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Tuesday, 27 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २७ मे २०२५

    26/05/2025 Duration: 02min

    Australian weather update for Tuesday, 27 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 26 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २६ मे २०२५

    26/05/2025 Duration: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Nepali actor in Australia pays tribute to Rajesh Hamal - राजेश हमाललाई ‘ट्रिब्युट’ दिने अस्ट्रेलियाका कलाकार

    25/05/2025 Duration: 20min

    Sydney-based filmmaker and actor Rajeev Bhusal's new short film "If I Was Rajesh Hamal" is a dedication to Nepali actor Rajesh Hamal. Bhusal spoke to SBS Nepali about his latest and upcoming projects and shared his perspectives on Australian and Nepali cinema. - आफैँले निर्देशक, निर्माता र नायकका भूमिका निभाउँदै ‘शर्ट फिल्म’हरू बनाउँदै आएका सिड्नीका राजीव भुषालले हालै ‘इफ आइ वाज राजेश हमाल’ नामक छोटो फिल्म सार्वजनिक गरेका छन्। यो लगायत अस्ट्रेलिया र नेपालका चलचित्र उद्योगबारे सिड्नीका फिल्मकर्मी तथा कलाकार भुषालसँग एसबीएस नेपालीको कुराकानी सुन्नुहोस्।

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २६ मे २०२५

    25/05/2025 Duration: 02min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 25 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २५ मे २०२५

    24/05/2025 Duration: 02min

    Australian weather update for Sunday, 25 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • गजल सुन्ने होइन त?

    24/05/2025 Duration: 14min

    अस्ट्रेलियाको व्यस्त जीवनमा साहित्य सिर्जनाले केही हदसम्म राहत दिलाउने सर्जकहरू बताउँछन्। गजल र अन्य कृतिहरू लेख्ने प्रेरणा, नेपाली समुदायमा साहित्य प्रतिको रुचि र महिला सहभागिताबारे मे महिनामा मेलबर्नमा सम्पन्न भएको गजल मुशायरा २०२५ कार्यक्रमका आयोजक र सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • राष्ट्रिय स्वयंसेवक सप्ताह सन् २०२५: ‘समाजलाई दिएको योगदानलाई सम्झेर आत्मसन्तुष्टि प्राप्त गर्न सकिन्छ’

    23/05/2025 Duration: 04min

    अस्ट्रेलियामा प्रत्येक वर्ष १९ देखि २५ मे लाई राष्ट्रिय स्वयंसेवक सप्ताहका रूपमा मनाउने चलन छ। यो वर्ष स्वयंसेवक सप्ताहको मूल नारा ‘कनेक्टिङ कम्युनिटी’ राखिएको छ। एकले अर्कोलाई जोड्दै समुदायलाई बलियो बनाउन स्वयंसेवकहरूले खेल्ने भूमिकालाई यस पटक सम्झना गरिँदै छ। तर पछिल्ला वर्षहरूमा अस्ट्रेलियामा स्वयंसेवकहरू घट्दै गएको बताइँदै गर्दा, समाजका लागि आफ्नो सिप र समयको नि:शुल्क योगदान गर्ने मानिसहरूलाई सहयोग गर्न सरकार समक्ष आह्वान पनि भएको छ। स्वयंसेवकका रूपमा अस्ट्रेलियन समाजमा योगदान पुर्‍याइरहेका एक नेपालीभाषी स्वयंसेवक बिष्णु घिमिरेसँग कुराकानी सहितको एक रिर्पोट।

  • अस्ट्रेलिया बुझ्नुहोस्: बाढी र आँधीबेहरी पछि कसरी पुनर्स्थापित हुन सकिन्छ?

    23/05/2025 Duration: 09min

    पछिल्लो समय अस्ट्रेलियाले बारम्बार तीव्र आँधीबेहरी र बाढीको सामना गरिरहेको छ। जसका कारण समुदायलाई यस्ता घटना पछि पुनर्स्थापना हुन वा पहिलेकै अवस्थामा फर्कन लामो यात्रा तय गर्नु पर्ने देखिन्छ। वर्षा वा बाढीको जोखिम कम भएपछि सुरक्षित रूपमा घर फर्कन, सरसफाइ र आवश्यक सहयोग कसरी प्राप्त गर्ने त? अस्ट्रेलिया बुझ्नुहोसको यो भागमा विपदमा चाल्नु पर्ने कदमका बारेमा विज्ञहरूले बताएका छन्।

page 42 from 50