Cin News

Informações:

Synopsis

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Episodes

  • कार्यान्वयन भएन न्यूनतम पारिश्रमिक

    20/03/2019 Duration: 03min

     सरकारले गएको साउन १ गतेदेखि श्रमिकको न्युनतम पारिश्रमिक १३ हजार चारसय ५० तोकेको थियो । रोजगारदाता र ट्रेड युनियनबीच सहमतिपछि निर्णय भएको ७ महिना बितिसक्दा पनि श्रमीकले न्युनतम पारिश्रमिक नपाएको गुनासो गर्न छाडेका छैनन् । 

  • विप्लवको विध्व‌ंश र शक्ति आर्जनका स्रोतहरु

    19/03/2019 Duration: 03min

    अझैँ पनि विप्लवबाट अपेक्षा र आशा गर्ने ठूलो पङ्क्ति छ । तर, त्यो बल प्रयोग गर्ने तरिका र रोजेको बाटो मन पराउने सङ्ख्या निकै कम देखिन्छ । कुन शक्तिका आडमा विप्लव हिड्न खोज्दै हुनुहुन्छ, त्यो खोजीको विषय बन्न सक्ला । तर उहाँले बोकेको एजेण्डा र अङ्गालेको ‘विप्लव’कारी बाटो अहिलेको संविधान अनि व्यवस्थाबाट स्थापित हुने देखिँदैन ।  

  • रानी जमरा कुलरिया सिँचाइ, सद्भाव र एकताको नमूना

    18/03/2019 Duration: 03min

    विकासका सबै काममा सरकारले सघाइदियोस्, सामान्यतया हरेक नागरिकले सोच्ने यस्तै हो, तर कैलालीको टीकापुर र आसपास क्षेत्रका नागरिक आफ्नै सक्रियतामा सिँचाइ प्रणालीको व्यवसस्थापन गर्दै आएका छन् । स्थानीयको अभ्यासलाई सरकारले विकास आयोजनाको रूपमा मान्यता पनि दिएको छ । 

  • प्रदेश ५ को सम्भावना पर्यटन र कृषिमा

    05/03/2019 Duration: 02min

    १२ जिल्ला समेटिएर बनेको प्रदेश ५ मा २०६८ को जनगणना अनुसार ४३ लाख २३ हजार जनसङख्या छ । मानव विकास सूचकाङ्क शून्य दशमलव ४६ छ । समथर तराईदेखि हिमालसम्म फैलिएको प्रदेश–५ वातावरणीय र सामाजिक रूपमा विविधता भएको प्रदेश हो । २२ हजार २ सय ८८ बर्ग किलोमिटर क्षेत्रफल रहेको प्रदेश पाँच जातीय, वातावरणीय, सांस्कृतिक एवं भौगोलिक विभिदताले पनि भरिपूर्ण छ । यो विभिदतालाई आम्दानीको माध्यम बनाउँदै समृद्ध प्रदेश निर्माणका लागि योजना र कार्यान्वयनको उतिकै आवश्यक छ ।

  • गायक बिमलराज क्षेत्री कहिले अलमल, कहिले सफल

    03/03/2019 Duration: 06min

    बिमलराज क्षेत्री दुई दसकदेखि नेपाली साङ्गीतिक दुनियाँमा भए पनि उहाँका पछिल्ला दिनहरु तङ्ग्रिनका लागि सङ्घर्षमय छन् । कुनै समय यति चर्चा पाउनुभयो कि हरेक स्रोता, दर्सकले मनमुटुमा राखे । गायन मात्र नभएर जब क्यासेट बिक्री गर्नका लागि उहाँले कम्पनी खोल्नुभयो, त्यहीँबाट उहाँको नराम्रा दिन सुरु भए । क्यासेटबाट गीत सुन्नेक्रमको अन्त हुनु र पेनड्राइभ, यूट्युब, वयबसाइटबाट गीत सुन्न सुरु हुने दोसाँधको समयमा ठूलो लगानी डुबेपछि फेरि उदाउने कोसिसमा गायक बिमलराज क्षेत्री हुनुहुन्छ। 

  • Episode 2

    11/02/2019 Duration: 02min

    सर्वोच्च अदालतले गएको जेठ मा अन्न्ना क्यासिनोमा कार्यरत इच्छुक कर्मचारीलाई नयाँ व्यवस्थापनले खोलेको क्यासिनोमा फर्काउनु र काम गर्न नचाहनेलाई नियमसंगत सेवा सुविधा दिन अन्तरिम आदेश दिएको थियो । तर आदेशको पालना नहुँदा पीडितहरू झन् पीडामा छन् ।  

page 68 from 68