Cin News

Informações:

Synopsis

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Episodes

  • जाजरकोट र रुकुम पश्चिममा खाद्यले छिट्टै मोटा चामल पठाउने

    16/01/2024 Duration: 02min

    काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जाजरकोट भूकम्प प्रभावितका लागि सबैको पहुँच हुने गरी तत्काल चामल पठाउने भएको छ ।  खाद्य तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले मोटा चामल तत्काल पठाउने प्रतिबद्धता जनाउनुभएको हो ।  सीआईएनको संयोजन, रुकुम पश्चिम र जाजरकोटका सामुदायिक रेडियोको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गदै आएको दैनिक कार्यक्रम जीवनरक्षामा चन्दले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।  अस्ति बिहानको कार्यक्रम जीवनरक्षामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटका प्रमुख राम प्रसाद पौड्यालले थोरै मूल्यमा किन्न सकिने मोटा चामल आफूहरूसँग नभएको जानकारी दिँदै मसिनो चामल बिक्री नभएको बताउनु भएको थियो ।  प्रमुख कार्यकारी अधिकृत चन्दले मोटो चामलको स्टक सकिएको र मोटो धान खरिद हुन नसकेका कारण पठाउन नसकिएको बताउनुभयो ।  टेन्डर प्रक्रिया यही पुस ६ गते सुरु भइसकेकोले मोटो चामल केही दिनमा जाजरकोट र रुकुमपश्चिममा पठाउने उहाँको भनाइ छ । 

  • जुनीचाँदे गाउँपालिकामा पठाइयो ३८ प्रकारका औषधि

    16/01/2024 Duration: 01min

    जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जुनिचाँदे गाँउपालिकामा ३८ प्रकारका औषधि पठाएको छ । सीआईएनको संयोजन, जाजरकोट र रुकुम पश्चिमका सामुदायिक रेडियोको सहकार्यमा जाजरकोटको रेडियो खलङ्गाले उत्पादन गर्दै आएको कार्यक्रम जीवनरक्षाको आज बिहानको अङ्कमा नाम खुलाउन नचाहाने एक स्थानीयबासीले गुनासो राखेका थिए । पालिकामा भूकम्पपछि त्रिपाल र टहरामा बस्दा चिसोका कारण भूकम्प प्रभावितहरू बिरामी परेको र जनप्रतिनिधबीच पनि राम्रो समन्वय नभएका कारण औषधि समयमा पुग्न नसकेको उनको भनाइ थियो । 

  • जाजरकोटको नलगाडमा २ सय किसानलाई राहत वितरण

    16/01/2024 Duration: 29s

    जाजरकोट भूकम्पका कारण प्रभावित २ सयभन्दा धेरै किसानलाई राहत वितरण गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र स्न्याज केयरको सहयोगमा नलगाडमा ९ टन पशुको दाना, २ सय थान त्रिपाल, १ टन नुन भूकम्प प्रभावित किसानलाई दिइएको हो। पशु सेवा शाखा कार्यालयलाई औषधिसमेत गरेर ३६ लाख रुपैयाँ बराबरको राहत वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका प्रमुख ज्ञानु कुमार शर्माले जानकारी दिनुभयो । सीआईएनको संयोजनमा जाजरकोट र रुकुम पश्चिमका सामुदायिक रेडियोको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गर्दै आएको कार्यक्रम ‘जीवनरक्षा’ को ४ पुसको छलपलमा प्रमुख शर्मा सहभागी हुनुभएको थियो । उहाँसँग नलगाडबाट गणेश पुन, भीमबहादुर खड्कालगायत किसानले आफूहरूको पशुचौपायमा क्षति पुगे पनि कुनै सहयोग नपाएको गुनासो गरेका थिए ।

  • ३ सयभन्दा धेरै भूकम्प प्रभावितले लिए आयुर्वेद स्वास्थ्य सेवा

    14/01/2024 Duration: 01min

    जाजरकोट भूकम्पका कारण प्रभावित बारेकोट गाउँपालिकाका ३ सयभन्दा धेरैले आयुर्वेद स्वास्थ्य सेवा लिएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा शुक्रवार बारेकोट गाउँपालिकाको लिम्सामा अवस्थित वीरेन्द्र ऐश्वर्य मावि भएको निशुल्क योग तथा स्वास्थ्य शिविरमा १ सय ६ पुरुष र २ सय १० महिलाले सेवा लिएका हुन् । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका डा धनवीर बुढाका अनुसार पेट, पाचन, हाडजोर्नी, नसा, मलद्वार, श्वासप्रश्वाससमन्धी समस्या भएका बिरामीलाई सेवा दिइएको हो । सीआईएनको संयोजन रुकुम पश्चिम र जाजरकोटका सामुदायिक रेडियोहरूको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गरेको कार्यक्रम जीवनरक्षाको २९ औँ भागमा डा बुढा समक्ष बारेकोट, नलगाडलगायतका स्थानबाट भूकम्प प्रभावितले गाउँवस्तीमा पनि आयुर्वेद उपचारको अभियान लिएर आउन माग गरेका थिए । जवाफमा आफूहरूले चाँडै शिविर सञ्चालन गर्ने तयारी गरेको र उक्त शिविरमा सहभागी भएर सेवा लिन अनुरोध गर्नुभएको थियो । रेडियो कार्यक्रममा गुनासो राखेकाहरू पनि शिविरमा सहभागी भएको उहाँको भनाइ छ । कर्णाली प्रदेश आयुर्वेद तथा अनुसन्धान केन्द्र सुर्खेतका डा शङ्कर रिजाल, विशेषज्ञ चिकित्सक डा खेम तिमिल्सिन

  • कार्यक्रम जीवनरक्षा प्रभावः जाजरकोटको बारेकोटमा आयुर्वेद स्वास्थ्य शिविर

    14/01/2024 Duration: 57s

    जाजरकोट भूकम्पका कारण प्रभावित बारेकोट गाउँपालिकाका ३ सयभन्दा धेरैले आयुर्वेद स्वास्थ्य सेवा लिएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा शुक्रवार बारेकोट गाउँपालिकाको लिम्सामा अवस्थित वीरेन्द्र ऐश्वर्य मावि भएको निशुल्क योग तथा स्वास्थ्य शिविरमा १ सय ६ पुरुष र २ सय १० महिलाले सेवा लिएका हुन् । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका डा धनवीर बुढाका अनुसार पेट, पाचन, हाडजोर्नी, नसा, मलद्वार, श्वासप्रश्वाससमन्धी समस्या भएका बिरामीलाई सेवा दिइएको हो । सीआईएनको संयोजन रुकुम पश्चिम र जाजरकोटका सामुदायिक रेडियोहरूको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गरेको कार्यक्रम जीवनरक्षाको २९ औँ भागमा डा बुढा समक्ष बारेकोट, नलगाडलगायतका स्थानबाट भूकम्प प्रभावितले गाउँवस्तीमा पनि आयुर्वेद उपचारको अभियान लिएर आउन माग गरेका थिए । जवाफमा आफूहरूले चाँडै शिविर सञ्चालन गर्ने तयारी गरेको र उक्त शिविरमा सहभागी भएर सेवा लिन अनुरोध गर्नुभएको थियो । रेडियो कार्यक्रममा गुनासो राखेकाहरू पनि शिविरमा सहभागी भएको उहाँको भनाइ छ । कर्णाली प्रदेश आयुर्वेद तथा अनुसन्धान केन्द्र सुर्खेतका डा शङ्कर रिजाल, विशेषज्ञ चिकित्सक डा खेम तिमि

  • आफूखुसी जिल्ला छोड्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुनारको निर्देशन

    24/12/2023 Duration: 02min

    जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आफूखुसी विदा बस्ने, मनलाग्दी गर्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने चेतावनी दिनुभएको छ । जिल्ला विपद् व्यवस्थापन मितिको बैठकमा जाजरकोट भूकम्प प्रभावितलाई सेवा दिनका लागि खट्नुपर्ने भएका कारण कर्मचारी विदामा नबस्ने सहमति भए पनि हिजोआज जनप्रतिनिधि र कर्मचारी विभिन्न गैरसरकारी निकायका कार्यक्रममा जाने परिपाटी बढेको उहाँले बताउनुभयो । अटेरी गर्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने चेतावनी उहाँले दिनुभयो ।

  • भाग १४२ कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिका

    13/12/2023 Duration: 29min

    भाग १४२ कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिका | युनेस्को काठमाडौँ र अकोराब नेपालबीचको सहकार्य ।

  • भाग १४१ कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिका

    13/12/2023 Duration: 31min

    भाग १४१ कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिका । युनेस्को काठमाडौँ र अकोराब नेपालको सहकार्य ।

  • भाग १४० कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिका

    13/12/2023 Duration: 29min

    भाग १४० कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिका | युनेस्को काठमाडौँ र अकोराब नेपालको सहकार्य

  • जाजरकोट भूकम्प विशेषः रेडियो हाम्रो पाइला

    12/12/2023 Duration: 35min

    जाजरकोट भूकम्पपछि जाजरकोटका ४ वटा सामुदायिक रेडियोले हरेक दिन बिहान प्रसारण हुने कार्यक्रम "भूकम्प विशेष" संयुक्त रूपमा चलाइरहेका छन् ।

  • जाजरकोट भूकम्प विशेषः रेडियो जाजरकोट

    12/12/2023 Duration: 34min

    जाजरकोट भूकम्पपछि जाजरकोटका ४ वटा सामुदायिक रेडियोले हरेक दिन बिहान प्रसारण हुने कार्यक्रम "भूकम्प विशेष" संयुक्त रूपमा चलाइरहेका छन् ।

  • जाजरकोट भूकम्प विशेषः रेडियो खलङ्गा

    12/12/2023 Duration: 21min

    जाजरकोट भूकम्पपछि जाजरकोटका ४ वटा सामुदायिक रेडियोले हरेक दिन बिहान प्रसारण हुने कार्यक्रम "भूकम्प विशेष" संयुक्त रूपमा चलाइरहेका छन् ।

  • जाजरकोट भूकम्प विशेषः रेडियो पृथ्वी जाजरकोट

    12/12/2023 Duration: 21min

    जाजरकोट भूकम्पपछि जाजरकोटका ४ वटा सामुदायिक रेडियोले हरेक दिन बिहान प्रसारण हुने कार्यक्रम "भूकम्प विशेष" संयुक्त रूपमा चलाइरहेका छन् ।

  • जाजरकोट भूकम्प विशेषः डिल्लिबहादुर केसी_रेडियो हाम्रो पाइला

    12/12/2023 Duration: 35min

    जाजरकोट भूकम्पपछि जाजरकोटका ४ वटा सामुदायिक रेडियोले हरेक दिन बिहान प्रसारण हुने कार्यक्रम "भूकम्प विशेष" संयुक्त रूपमा चलाइरहेका छन् । जाजरकोट भूकम्प विशेषः डिल्लिबहादुर केसी_रेडियो हाम्रो पाइला

  • साझा खबर २०८० जेष्ठ २४ गते, साँझ ७:३० बजे

    07/06/2023 Duration: 29min

    साझा खबर २०८० जेष्ठ २४ गते, साँझ ७:३० बजे

  • साझा खबर २०८० जेष्ठ २४ गते, विहान ६ बजे

    07/06/2023 Duration: 31min

    साझा खबर २०८० जेष्ठ २४ गते, विहान ६ बजे

  • साझा खबर २०८० जेष्ठ २३ गते, साँझ ७:३० बजे

    06/06/2023 Duration: 30min

    साझा खबर २०८० जेष्ठ २३ गते, साँझ ७:३० बजे

  • साझा खबर २०८० जेष्ठ २३ गते, विहान ६ बजे

    06/06/2023 Duration: 30min

    साझा खबर २०८० जेष्ठ २३ गते, विहान ६ बजे

  • Episode_87_Sambad_2080_02_22

    05/06/2023 Duration: 23min

    Episode_87_Sambad_2080_02_22

  • Covid vaccine PSA_Santi shree pariyar

    05/06/2023 Duration: 01min

    Covid vaccine PSA_Santi shree pariyar

page 1 from 68